Saturday, December 24, 2011

बौद्ध जातक कथाहरु




जातक कथाहरु बुद्ध भगवानको पूर्व जन्मको कथाहरु हुन् । बुद्ध भगवानको ५४७ पूर्व जन्महरुको आख्यान हुन् । केहि जन्महरुमा उनि पशु या पक्षी छन् र केहि जन्महरुमा मानव। यति जन्महरुको साधनाको फलस्वरूप उनलाई बुद्धत्व  प्राप्त भयो।

यो कथा तीन मित्रोहरुको हो। एक हाथी, एक बाँदर र एक तीत्रामा प्रगाढ़ मैत्री थि। ति एक विशाल बट वृक्षको छाया भेट हुन्थ्यो । एक पटक तिनिहरुमा कुरा भयो कि कौ उनिहरुमा त्यस अवस्था  सबै भन्दा जेठा हुन जसलाई  यथोचित आदर गरीयोस ।

हाथीले भन्यो कि जब म स्यानो थिए यो बरको रुखको सै भन्दा माथिको हाँगा मेरो पेटमा कन्याउन सकिन्थ्यो । बाँदरले भन्यो कि बचपनमा हात बढाएर बरको सबै भन्दा माथिको हाँगाको पात टिपेर खान सकिन्थ्यो । तीत्राले भन्यो कि उस्को बचपनमा एक अर्को विशाल बरको रुख थियो जस्को खाएर जहाँ यो बरको रुख छ त्यहां मैले बिष्टा फालेकव हो । त्यही बिष्टामाको बरको बिउले यो बरको जन्म भएको हो ।

यस बार्तालापबाट यो सिद्ध भयो कि तीत्रा सबी भन्दा झेठा हुन र हात्ती र बाँदरले उस्को सम्मान गर्यो ।

यो तीत्रा नै अनेक जन्महरु पश्चात कपिलवस्तुमा राजा शुद्धोदन र महारानी महामायाको छोरा सिद्धार्थकोमा जन्म्यो जसलाई अब हामी शाक्य मुनि गौतम बुद्धको रूपमा जान्दछौं ।
बौद्ध जातक कथा

साथीहरुको कुरामा सचेत हुनु

एक समयमा एउटा जङ्गलमा मदोतकता भन्ने सिंह बस्थ्यो उस्को साथमा स्याल कौवा ब्वाँसो साथी भएर बसेकोथियो । तिनहरुको आपसमा मित्रताथियो । सिंहले शिकार गरेको तिनिहरुको लागि भोजन हुन्थ्यो । तिनिहरुले बिना मेहनतको भोजन खान पाउने भएकोले सिंहको खुबै सेवा चाकरी गर्थे र आफ्नो राजा मान्थे।सिंहले शिकार गरेको तिनिहरुलाई दिन्थे । एकदिन एउटा उँट बाटो बिर्सेर त्यस जङ्गलमा प्रवेष गरेर अलमलिएछ निस्कने बाटो नै देखेन । उँटलाई आफ्नो क्षेत्रमा आएको देखेर स्याल ब्वाँसो कौवाको बंगारा रसायो । स्यालले भन्यो अहा हाम्रो आहार त पाईयो लौ मारेर खाउं । ब्वाँसोले भन्यो ओहो यो त ठूलो जनावरछ हामीले मार्न सक्तैनौं ।हाम्रो राजालाई भनौं कौवाले हो ठीक हो पहिला राजालाई बिन्ती गरौं भन्यो ।ति राजा सिंहको अगाडी पुगेर बिन्ती गरे सरकार तपाईको रामजधानी भित्र एकजना उँट बिना ईजाजत प्रवेषा गरेकोछ त्यसलाई मारेर भोजन गरौं ।सिंहले भन्यो धत् त्यस्तो कुरा पनि गर्ने तिनी त हाम्रो शरणमा आएको पाहुना हो सम्मान गर्नु पर्छ जाउ बोलाएर ल्याउ ।स्यालले उँटलाई राजाले बोलाएको हुकुम सुनायो । उँटसिंह  राजा भएको ठाउंमा पुग्यो । उँटलाई देखेर खुसि भएर स्वागत गर्यो । उँट पनि सिंह जस्ती साथी पाएर खुसि भयो र सिंहको कुरा साह्रै मन पर्यो । उँट ति ब्वाँसो स्याल कौवा संग संगै रमाएर बस्यो । एक दिन सिंह एउटा बलीयो हात्ती सित लडदा नराम्ररी घाईते हुन्छ । जस्ले गर्दा शिकार गर्न नसकेर  भोकै हुन थाल्यो । ति तीन जना साथीहरु भोकले व्याकुल भएपछि सल्लाह गरे किन त्यो उँट लाई मारेर नखाने भनेर राजालाई भन्यो । सिंह गर्जेर भन्यो तिमीहरुले यस्तो कुरा  मसित  गर्न कसरी आँट गर्यौ हँ अब देखि मलाई यस्तो सुझाव नदिनु बुझ्यौ  नत्र  ठीक हुंदैन । तिनहरुले लोभी नजरले उँटलाई हेर्यो । यस्तो मज्जाको मासु नखाएर राजाले पनि के सोंचेको होला कति दिन सम्म भवङ्क्ङ्कै आस्ने हो कुन्नी । एक दिन फेरि तिनीहरुले योजना बनाए उँटलाई मारेर खाने ।
तिनहरुले उँट निर गएर भने  उँट दाई तिमीलाई थाहाछ हाम्रो राजा आज कति दिन देखि भोकैछन केहि खान पाएको छैन नत  शिकार नै गर्न सक्छन् । जाउं हामीले वहाँ पति समर्पित भएर भोजन गराउं आपूलाई । उँटले विचरा तिनिहरुहरुको कूटील योजना बुझ्न  सकेन । तिनीहरुले रस्ताव लिएर राजाकहाँ पुगे । सबै भन्दा पहिला चलाख कागले भन्यो सरकार हजूर कति दिन भोकै बस्ने मलाई खाएर भोक मेटाउनुस ।म हजूरलाई यस्तो अवस्थामा हेर्न सक्तीन कृपया मलाई खानु होस ।       सिंहले भन्यो कस्तो कुरा गरेको काग बरु म भोकै मर्छु तिमीलाई त कुनै हालतमा खान्न । अनि स्यालले बिन्ती गर्यो हे सरकार यो कागको मासु हजूरलाई छोप पनि हुन्न बरु मलाई खानुहोस म समर्पित हुन्छु हजूर प्रति । तपाईंको जीवन रक्षाको खातीर म बलिदानी गर्छु ।ब्वाँसोले बिन्ती गर्यो स्यालको मासुले हजूर लाई आहार कहाँ पुग्छ बरु म ठूलोछु मलाई खानुहोस भोकै नबस्नुहोस कृपा गर्नुहोस म वलिदानी गर्छु । सिंहले पटक्कै मानेन तिनिहरुको कुरा धत् त्यस्तो कुरा नगर बरु म मर्न तयारछु ।
उँटले सबै स्थिति हेरि रहेकोथियो र उस्ले पनि औपचारिकता पूरा गर्न सिंह राजालाई भन्यो आखिर सबैलाई जीवनदा दिने रैछन क्यारे मैले मात्रै किन नभनुत भन्ने सोंचेर बिन्ती गर्यो ।
 हो सिंह राज मैले तपाईंको यो विजोग हेर्न सकिन मलाई मारे किन खानु हुन्न आखिर म पनि त तपाईको साथी हुंनि मलाई मारेर हजूरको भोक मेटाएर बाँच्नुहोस  मेरो मासुले हजूरलाई भोजन प्रयापत पुग्छ खानुहोस मलाई । सिंहले सोंच्यो हो यो त मलाई खानलाई आहार मज्जाले पुग्छ । यति सोंच्ने बित्तीकै एक झम्टा आक्मण गरेर खाएर बांकी मासु साथीहरुलाई खान दिए । तिनीहरुको पनि पेट टन्न भयो धेरै दिनको भोको ।

हात्ती र कुकूर
एक समयमा एक राज हात्ती थियो जो राजदरबारमा काम लगाईन्थ्यो । हात्ती राजा सित साह्रै डराउंथ्यो त्यसैले राम्रोसित बोकेर काम गर्थ्यो । त्यहाँ एक कुकूर थियो छिमेकी हात्ती बस्ने ठाउंमा बस्थ्यो त्यो धेरै कमजोर र दुब्लो थियो । त्यस्ले राज हात्तीको मीठो खाना पाकेको बेला सुंघेर पुगि हाल्थ्यो । एक दिन कुकूरले भात पचाउन सकेन र हात्तीको ठाउंमा वाक्यो । त्यसले मीठो भात हात्तीको मुखबाट खसेको खायो र दिनकै आएर खानथाल्यो । हात्तीले त्यो स्यानो कुकूरको कुनै वास्ता गरेको थिएन उ खानमै मस्त हुन्थ् । कुकूर हेर्दा हेर्दै ठूलो भयो बलीयो पनि भयो खाना खान पाएर । त्यो हात्तीको नजिक आयो । हात्तीले पनि कुकूर सित खेल्दै रमाउंदै साथै खान थाल्यो । दुबै जना खुब रमाउन थाल्यो र तिनिहरु असल साथी बने र साथ साथै खान थाले साथै खेल्न थाले । हात्तीले कुकूरलाई सुंडले टिपेर मिल्काईदिन्थ्यो कुकूर पनि साह्रै रमाउंथ्यो । तिनिहरुर सा यति मिलनसार साथि भए कि एक्ला एक्लै बस्न नसक्ने भयो ।मान्छेले एक दिन देखेर माउत्ते सित सोध्यो । मलाई यो कुकूर बेच्छौ ?” माउत्तेले कुकूरको मोल गरेर बेच्यो । त्यो मान्छेले कुकूर लिएर गयो । राजाको हात्ती धेरै दुखि भयो साथी कुकूर नभएर अनि कुकूरलाई सम्झीएर टोलाई रह्यो ।





No comments:

Post a Comment