राजगीर
राजगीर, भारतको बिहार प्रांतमा नालन्दा जिल्लामा स्थित एक शहर एवं अधिसूचीत क्षेत्र हो। यो कहिल्यै मगध साम्राज्यको राजधानी थियो, पछि गएर मौर्य साम्राज्यको उदय भयो।
राजगृहको ऐतिहासिक र धार्मिक महत्व छ. वसुमतिपुर, वृहद्रथपुर, गिरिब्रज र कुशग्रपुर को नाम ले पनि प्रसिद्ध छ राजगृहलाई आजभोली राजगीरको नामले चिनिन्छ. पौराणिक साहित्यको अनुसार राजगीर बह्माको पवित्र यज्ञ भूमि, संस्कृति र वैभवको केन्द्र तथा जैन तीर्थंकर महावीर र भगवान बुद्धको साधनाभूमि थियो । यस्को उल्लेख ऋगवेद, अथर्ववेद, तैत्तिरीय पुराण, वायु पुराण, महाभारत, बाल्मीकि रामायण मा पाईन्छ । जैनग्रंथ विविध तीर्थकल्पको अनुसार राजगीर जरासंध, श्रेणिक, बिम्बिसार, कनिक आदि प्रसिद्ध शासकहरुको निवास स्थान थियो भनिन्छ । जरासंधले यहीं श्रीकृष्णलाई हराएर मथुरा बाट द्वारिका जानलाई विवशगरेको थियो ।
|
गृद्धकूट पर्वत
यस पर्वतमा भगवान बुद्धले कैयौं महत्वपूर्ण उपदेश दिनुभएकोथियो । जापानको बुद्ध संघले यसको टुप्पामा एक विशाल “शान्ति स्तूप” निर्माण गरेकोछ जो आजभोली पर्यटकहरुको आकर्षण को मूख्य केन्द्र भएकोछ। स्तूपको चारैतिर बुद्धको चार प्रतिमाहरु स्थापित छ। स्तूप सम्म पुग्न पहिला पैदल जानुपर्थ्यो अहिले “रोप वे” बनेर सरल भएको छ जो यात्रालाई बिशेष रोमांचक बनाईदिनएकोछ ।यस गृधकुट पर्वतको बारेमा सद्धर्मपुण्डरिक सुत्रमा उल्लेख गरेको पाईन्छ ।
वेणुवन
बाँसहरुको यस रमणीय वनमा बसे “वेणुवन विहार” लाई राजा बिम्बिसारले भगवान बुद्धलाई आराम गरेर बस्न बनाईएको थियो ।
श्रावस्ती
भारतवर्षको उत्तर प्रदेश प्रांतको गोंडा-बहराइच जिल्लाको सीमा मा यो प्रसिद्ध बौद्ध तीर्थ स्थान हो। गोंडा-बलरामपुरबाट १२ मील पश्चिममा सुन्दर बस्ती नै श्रावस्ती हो। प्राचीन कालमा यो कौशल देशको दोश्रो राजधानी थियो । भगवान रामको पुत्र लवले यसलाई आफ्नो राजधानी बनाएको थियो । श्रावस्ती बौद्ध र जैन दुबैको तीर्थ स्थल हो । तथागत दीर्घ काल सम्म श्रावस्ती मा हुनुहुन्थ्यो । यहाँको श्रेष्ठी अनाथपिण्डिकले असंख्य स्वर्ण मुद्राहरु खर्चेर भगवान बुद्धको लागि जेतवन बिहार दानमका दिएका थिए । अब यहाँ बौद्ध धर्मशाला, मठ र मन्दिर छन् ।
यो बुद्धकालीन नगर थियो, जस्को भग्नावशेष उत्तर प्रदेश राज्यको, बहराइच एवं गोंडा जिल्लाको सीमा मा, राप्ती नदीको दक्षिणी किनारमा फैलिएकोछ । यि भग्नावशेषहरुको जाँच सन् १८६२-६३ मां जेननरल कनिंघमले गरे र सन् १८८४-८५ मा यस्को पूर्ण उत्खनन् डा. डब्लू. हुई (Dr. W. Hoey) ले गरेकाथिए । यि भग्नावशेषहरुमा दुई स्तूप छन् जस्मा ठूलो महेत तथा स्यानो सहेत नामले विख्यात छ। यि स्तूपहरुको अतिरिक्त अनेक मंदिरहरु र भवनका भग्नावशेष पनि पाईएकोछ । उत्खनन्को अवसरमा अनेक उत्कृष्ट मूर्तिहरु र माटोको मूर्तिहरु पनि पाईएकोछ । यहाँ संवत् ११७६ या १२७६ (१११९ या १२१९ ई.) को शिलालेख भेट्टीएकोछ, जसबाट बौद्ध धर्म यस समयमा व्यापक थियो भन्ने बुझिन्छ । बौद्ध कालको साहित्यमा श्रावस्तिको वर्णन अनेकानेक फटक आएकोछ र भगवान बुद्धले यहाँको जेतवन बिहारमा अनेक बर्षावास बस्नुभएको उल्लेख पाईन्छ । जैन धर्मका प्रवर्तक महावीरले पनि श्रावस्तिमा विहार गरेकाथिए भनिन्छ । चीनी यात्री फाहियान ५औं सताव्दीमा भारत आ एकाथिए। यहां बौद्ध कालिन चर्चित डाँकुको गुफा पनि रहेकोछ । तत्कालिन अवस्थामा भगवान बुद्धले उपदेश दिनुहुंदाको पिपलको रुख र कुवाँ पनि रहेकोछ । अहिले यहां बिभिन्न देशले बनाएको बुद्ध बिहारहरु रहेकोछ । नेपालगंजबाट पनि यहां जान नजिकै छ रुपैडीहाबाट लगभग ४५ किलोमिटर दुरी रहेकोछ ।यस श्रावस्तीमा भगवान बुद्धले सर्बाधिक बर्षावास बस्नुभएको कुरा बौद्ध ग्रन्थहरुमा उल्लेख गरेको पाईन्छ ।
No comments:
Post a Comment